logo-img

एकदिवसीय सिरिज : आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ फिल्डिङमा
फाइल तस्बिर

आयरल्याण्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम नेपाल ‘ए’ ले टस हारेर फिल्डिङको मौका पाएको छ ।  यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भइरहेको हो । 

नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको सिरिज नेपालले २–१ ले गुमाएको थियो । नेपाल अब टी–२० सिरिज गुमाएको बदला वानडेमा लिने दाउमा छ ।   

नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी (कप्तान), आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहब आलम, रिजन ढकाल र मौसम ढकाल । 







  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ९:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया