ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, छिमेकी देशमा सुनामीको चेतावनी

ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् ।

उक्त भूकम्पपछि ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ । जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ ।

ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रविन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ ।

बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् ।

   





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ९:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया