logo-img

इलामका जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी
फाइल तस्बिर

निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

इलाम–२ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले आउँदो १५ वैशाखमा उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो । 

बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ । कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ । 



यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्री चैत २३ गतेसम्म जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १०:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया