logo-img

‘किसानलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस्’

नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई कृषिमा किसानहरूलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गरेका छन् । 

आज बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई कृषिमा किसानहरूलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्दै दूधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गरे ।
 
उनले भने, ‘यो देश कृषिप्रधान देश हो । सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दूधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु ।’

उनले बिचौलिया हावी भएको कारण किसानहरूले रासायनिक मल पाउन कठिनाइ भएको बताए । सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरूले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गरे । 

उनले भने,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरूले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन । विचौलिया हावी भइरहेको छन् । त्यसैले बिचौलियाहरू अन्त्य गर्दै किसानहरूले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु ।’  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १२:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया