कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले नेपाल ‘ए’ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।  

आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपाली तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिएका हुन् ।

कमलले ३९ औँ ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । ह्याट्रिक लिनेक्रममा उनले लियाम म्याकार्थीलाई दुई, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटलाई शून्यमै आउट गरे । कमलले उनीहरूमध्ये हम्फ्रेज र ह्वाइटलाई बोल्ड गरे ।  

नेपाल ‘ए’ लाई सातौं सफलता स्पिनर साहब आलमले दिलाएका थिए । उनले ३६.२ ओभरमा केड कार्माइकललाई क्याच आउट गराए । केडले आज ७७ बलमा चार चौकाको मद्दतमा ५१ रनको इनिङ खेले । यस्तै, नेपाललाई छैटौँ सफलता रन आउटको रूपमा मिल्यो । 

३४ औँ ओभरको अन्तिम बलमा देव खनाल र विकेटकिपर अर्जुन साउद मिलेर फिओन ह्यान्डलाई शून्यमै रनआउट गरे । यही ओभरको पाँचौं बलमा लेगस्पिनर मौसम ढकालले ग्यारेथ डेलानीलाई ६ रनमा आउट गरे ।



नेपाललाई चौथो सफलता तीव्र गतिका बलर कमल सिंह ऐरीले दिलाए । उनले २८.३ ओभरमा कप्तान निल रकलाई एल्बीडब्लू धरापमा पारे । कप्तान रकले आज ३२ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३९ रनको आक्रामक पारी खेले ।



आयरल्याण्ड वुल्भ्सको तेस्रो विकेट लेगस्पिनर मौसम ढकालले लिए । उनले १७.४ ओभरमा स्टार ब्याटर पिटर मूरलाई बोल्ड गरे । मूरले आज ३४ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । नेपाललाई दोस्रो सफलता स्पिनर साहब आलमले दिलाए ।

उनले ८.४ ओभरमा आयरल्याण्डका महत्वपूर्ण ब्याटर स्टिफन डोहेनीलाई १२ रनमा बोल्ड गरे । साहबले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् । नेपाललाई पहिलो सफलता युवा तीव्र गतिका बलर रिजन ढकालले दिलाए ।

उनले ५.१ ओभरमा जेम्स म्याक्लमलाई १२ रनमा आउट गरे । रिजनले म्याक्लमलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराए । नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको सिरिज नेपालले २–१ ले गुमाएको थियो ।  

  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १२:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया