नेपालको ‘ए’ को खराब ब्याटिङ, तीन ओभरको अन्तरालमा गुमायो ५ विकेट

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौं विकेटको रूपमा अर्जुन साउदलाई गुमायो । उनी ७.४ ओभरमा ४ रनमा क्याच आउट भए । नेपालले चौथो विकेटको रूपमा आरिफ शेखलाई गुमायो । 

उनी सातौं ओभरको अन्तिम बलमा शून्यमै आउट भए । यही ओभरको पहिलो बलमा भीम सार्की शून्यमै पवेलियन फर्किए । त्यस्तै, पाँचौं ओभरको पहिलो बलमा देव खनाल र अन्तिम बलमा अर्जुन कुमाल आउट भए । देव २६ र अर्जुन ९ रनमा आउट भएका हुन् । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।  

आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपाली तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिएका हुन् । 

कमलले ३८ औँ ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । ह्याट्रिक लिनेक्रममा उनले लियाम म्याकार्थीलाई दुई, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटलाई शून्यमै आउट गरे । कमलले उनीहरूमध्ये हम्फ्रेज र ह्वाइटलाई बोल्ड गरे ।  



आयरल्याण्डका लागि केड कार्माइकलले ७७ बलमा चार चौकाको मद्दतमा ५१ रनको इनिङ खेले ।  



  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १३:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया