logo-img

संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा  विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् । 

उनले भनिन्, ‘उत्तर पुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ । त्यो समितिले छानबिन गर्दै छ र त्रिविको दुई वटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिने छ । त्रिविसँगै जोडिएको नर्सिङको विद्यार्थीहरूले तालाबन्दी गर्नु भएको थियो । त्यो विषयमा मन्त्रालयमा नै डाकेर चिकित्सा सेवा आयोग सम्बन्धित डिन, उपकुलपति र नर्सिङ काउन्सिलका अध्यक्षसँग बसेर छलफलपछि तालाबन्दी पनि फुकेको छ ।’

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षालाई रोजगारीमूलक बनाउनका लागि पनि कार्यदल बनाएर अगाडि बढेको उल्लेख गरिन् ।  उनले भनिन्, ‘शिक्षा रोजगारी मूलक बनाउनको लागि कार्यदल बनाएर अगाडि बढेका छौ । शिक्षकहरूको लाइसेन्सको परीक्षा, सेवा आयोगको परीक्षाको प्रश्न पनि अध्ययन गर्न थालेका छौ । शिक्षकहरू कस्तो खालको आइरहनु भएको छ भनेर पनि विज्ञ टोलीसहित कार्यदल बनेको छ । जसले यसमा परिमार्जन गर्नुपर्ने के के छ, हाम्रो शिक्षक कस्तो छन् । भनेर कार्यदलले काम गरिरहेको छ ।’



आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सीमान्तकृत बस्ती र समूहलाई प्राथमिकतामा राखेर नै विशेष आवसिय विद्यालयको लागि प्रस्ताव गरेका उल्लेख गर्दै उनले त्यस्ता विद्यालय स्थापना गर्न सके गरिब र विपन्न विद्यार्थीहरूको लागि राहत हुने बताइन् ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १४:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया