ताइवान भूकम्प अपडेट : चारको मृत्यु, २६ वटा भवनमा क्षति

ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् ।

यो  टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ ।

ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ ।

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी छ । ताइवान टेलिभिजन स्टेसनले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिस काममा जाने र विद्यार्थी स्कूल जाने दौडधुपमा थिए ।  

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराइ १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १४:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया