logo-img

गृहका नाै उपसचिवको सरुवा

गृह मन्त्रालयले बुधबार नाैजना उपसचिवहरूको सरुवा गरेको छ । 

मन्त्रीस्तरीय निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको मन्त्रालयद्वारा जारी सूचना जनाइएकाे छ । 

गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईं ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा भएकी छिन् । त्यस्तै, अर्का उपसचिव शिवराज सेढाईंलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशकमा सरुवा तथा पदस्थापन गरिएको छ ।



त्यस्तै, जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ । 

इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १६:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया