शहीद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल बिहीबारदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार पत्रकार सम्मेलन गर्दै चालु वर्ष २०२४ को ‘सी’ डिभिजन लिगका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस सिजनमा १४ टोलीको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए । 

करिब तीन महिनासम्म हुने यस लिगमा सिंगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरू सञ्चालन हुनेछन् । सबै खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । आवश्यक परेमा च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड यूथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल यूथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक यूथ क्लब, महावीर स्टडिज एण्ड एथलेटिक्स एसोसिएसन र बागमती यूथ क्लबले खेल्नेछन् ।

यस सिजनमा ‘सी’ डिभिजन लिग खेल्ने १४ मध्ये ५ क्लब उपत्यका बाहिरका छन् । जसमा बागमती यूथ क्लब (सर्लाही), गोलबजार यूथ क्लब (सिरहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन् । यस बाहेक काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लब छन् ।

बिहीबार एन्फा कम्प्लेक्समा हुने पहिलो खेला आरसी ३२ र खालीबारी युवा क्लबबीच हुने साहले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीका लागि १० लाख रुपैयाँ पुरस्कार छ । त्यस्तै, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः सात लाख र पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १७:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया