logo-img

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चायो : एमाले
फाइल तस्बिर

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्चाएको आरोप लगाएको छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्चाएको बताएका हुन् । 

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनी कांग्रेसलाई प्रश्न समेत गरे । 



उनले भने,‘आज उहाँहरूले गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली काँग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौँ–यो हाउसमा प्रतिपक्ष मात्रै छैन । सरकार बीचमा छ । सभामुखको आसनबाट दायाँ साइटमा सत्तापक्ष छ । बायाँ साइटमा प्रतिपक्ष छ । प्रतिपक्षले सदनमा रोक्ने ? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौँ । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ? त्यस कारण उहाँहरूले जे गर्नू भयो, त्यो बेठिक छ । मिलेको छैन ।’

प्रमुख सचेतक बर्तौलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम कांग्रेसले गर्न नहुने बताए । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १८:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया