logo-img

शिक्षामन्त्रीमाथि आरोप : प्रशिक्षार्थीका नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्च

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्च रचेको आरोप लागेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले शिक्षामन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् ।  

मन्त्री श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीसम्बन्धी कार्यविधि जारी गरेर आसेपासेलाई जागिर खुवाउन खोजेको उनले बताए । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

शिक्षामन्त्री अमुक विद्यालयको प्रचारमा सीमित भएको बताउँदै उनले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्नु भनेको सरकारी कर्मचारीमाथिको अविश्वास भएको बताए । 



उक्त कार्यविधि तत्काल खारेज गर्न उनले माग गरे । सांसद बस्नेतले निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सीमित भएको बताए । 
सांसद बस्नेतले सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । 

देशमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक आफैँ न्यायाधीश बन्ने गरेको आरोप उनले लगाए । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार २१:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया