एपिएफलाई हराउँदै साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा
साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनार, तस्बिर : गोलनेपाल डटकम

विभागीय टोली एपिएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सहिद रङ्शालामा  भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

साङ्ग्रिला क्लबका विशाल सुनार, आशिष चापागाईं, उमेश कार्की र किरण राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । एपिएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिए । 

दीपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुके । साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताए । उनी प्लेयर अफ द म्याच घोषित भएर नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  

आज काठमाडौंको मच्छिद्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल शनिबार हुनेछ । 
 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ६:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया