logo-img

उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेसमा सकस, आज जुट्ला सहमति ?
फाइल तस्बिर

आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार बैठक बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो ।  

देउवाले उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा गरिरहेका छन् । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा उम्मेदवारबारे छलफल भएपनि सहमति जुट्न सकेन । 

उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच सहमति जुट्न नसकेको हो । 



सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्का र बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् । तर, कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ । 

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।  
 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ७:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया