कर्णालीमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्दै कँडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुख परियारले दाबी पेसका लागि आह्वान गरेका थिए । 

प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १२:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया