logo-img

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

यसअघि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर, विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उनी माओवादी, एकीकृत समाजवादीलगायत दलकाे समर्थनमा मुख्यमन्त्री बनेका थिए । ती दलले सरकार छाडेपछि उनले विश्वासकाे मत लिनुपर्ने भएकाे थियाे ।  



आजै लुम्बिनीका चार दलले माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहित पाँचबुँदे सहमति गरेका थिए । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदले उनलाई समर्थन गर्ने भएका छन् । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १७:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया