logo-img

फ्रेण्डसिप कप : ब्याटिङ नचल्दा बरोडासँग हार्‍यो नेपाल

नेपालको सिनियर क्रिकेट टिमले भारतमा जारी फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा बरोडासँग ३७ रनको हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो ।  

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । उनले बलमा ४३ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ५६ रन बनाए ।

यस्तै, विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बरोडाका लागि ध्रुव पटेलले चार विकेट र लक्षित तोक्सियाले तीन विकेट लिए ।  



त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । उसका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६, मोहित मोंगियाले २२ र अभिमन्यु सिंह राजपूतले ११ रन बनाए । 

नेपालका लागि करण केसी र गुलशन झाले दुई/दुई तथा आकाश चन्द, प्रतिश जिसी, ललित राजवंंशी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । नेपालले आजको खेलमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहरा र आसिफ शेखलाई विश्राम दिएको थियो ।

नेपालले अब आइतबार गुजरातसँग फाइनल खेल्नेछ । नेपाललाई हराएको बरोडा भने लिग चरणबाटै बाहिरियो ।  





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १६:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया