logo-img

हैदराबादसँग १६५ रनमा रोकियो चेन्नई, शिवम दुबेको उत्कृष्ट पारी

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १ सय ६६ रनको लक्ष्य दिएको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो । 

उसका लागि शिवम दुबेले २४ बलमा चार छक्का र दुई चौकासहित सर्वाधिक ४५ रन बनाए । यस्तै, अजिंक्य रहाणेले ३५, रवीन्द्र जडेजाले अविजित ३१, कप्तान रुतुराज गायकवाडले २६, डारियलले १३ र रचिन रवीन्द्रले १२ रन जोडे । 

हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, साहबाज अहमद र जयदेव उनादकटले एक/एक विकेट लिए । जारी सिजनमा चेन्नईले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा पराजय बेहोरेको छ । 

हैदराबादले तीन म्याच खेल्दा दुईमा पराजय र एक खेलमा जित निकालेको छ ।  





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २१:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया