बाइडेनको दाबी- फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निर्माण गर्छौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किदा उक्त पुल भत्किएको थियो । 

राष्ट्रपति  बाइडेन मेरील्याण्ड भ्रमणका क्रममा पुलको बारेमा पनि चासो राख्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । बाइडेनले पुललाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । पुलको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै श्रम र निर्माण सामग्रीको खर्च पनि संघीय सरकारले बेहोर्ने जानकारी गराएका थिए ।

पुल भत्किँदा मृत्यु भएका छ जनाको विषयमा चासो व्यक्त गर्दै दुःखको समयमा सरकारले सहयोग गर्ने पनि उनले बताए ।अमेरिकी राज्य मेरिल्याण्ड अन्तर्गत पर्ने बाल्टिमोरमा ठूलो कन्टेनर जहाज ‘डाली’ सहरको प्रसिद्ध फ्रान्सिस स्कट की ब्रिजसँग ठोक्किएको थियो । ठक्करका कारण सवारी साधन र मानिस पाटाप्सको नदीमा खसेका थिए । उक्त जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बोतर्फ गइरहेको थियो ।

अमेरिकी कोस्ट गार्डका रियर एडमिरल श्यानन गिलरेथले ६ जना बेपत्ता भएका र मृतक भएको अनुमान गरेका छन् । अन्य दुई जनाको पानीबाट उद्धार गरिएको थियो । दुर्घटना हुँदा आठै जना निर्माण कार्यमा संलग्न रहेको र पुलमा खाल्डा भर्ने क्रममा रहेको बताइएको छ । बेपत्ता भएकाहरू होन्डुरस, मेक्सिको र ग्वाटेमालाका रहेको बताइएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार ७:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया