तस्कर र क्यासिनोबाट ‘असुली’ को आरोप लागेका एसपी बोहरा फिर्ता, छानबिन गर्न बन्यो समिति

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवास बोहरालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाइएको छ । उनको स्थानमा तुलबहादुर कार्कीलाई पठाइएको छ । घुमुवा खटाएर तस्करसँग मिलेमतो गर्नुकासाथै क्यासिनोबाट हप्ता असुलीको आरोप लागेपछि एसपी बोहरामाथि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले २३ चैतमा प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।  

तस्करीको संजालबारे समाचार लेखेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बोहराले धम्की दिएको आरोप लागेको छ । एसपी बोहराले सद्भाव दैनिक र सेतोखरी अनलाइनमा प्रकाशित  समाचार रोक्न धम्की दिएको भन्दै पत्रकारसँग सम्बन्धित संघसंगठनले आपत्ति जनाएका छन् । नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी बाँके, प्रेस सेन्टर बाँके र प्रगतिशील पत्रकार संघ बाँकेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक बोहरामाथि कारबाही गर्न माग गरेका छन् । 

अध्यक्ष भण्डारीका अनुसार तस्कर लगायत बाँके जिल्लाभरीको विभिन्न क्षेत्रको रकम उठाउने एसपी बोहराको ‘कोर टिम’ को आर्थिक मुख्य योजनाकार हुन्,वरिष्ठ सई माधव रिजाल । रकम उठाउने कमाण्डर भने वरिष्ठ सई सुशील रावल हुन् । त्यसपछि हवलदार निरक विक र जवान दीपक बोहरा हुन् । सुशील, निरक र दीपक मिलेर तस्करबाट उठाएको रकम वरिष्ठ सई रिजाल मार्फत एसपी बोहरा समक्ष पुग्छ । वरिष्ठ सई रिजालले तस्करबाट मात्र नभई अन्य क्षेत्रबाट संकलन भएको रकम पनि बाँडफाँड गर्दै एसपी बोहरा समक्ष पुर्‍याउने गरेको अध्यक्ष भण्डारीको दाबी छ । 

प्रदेश प्रहरी कार्यालयको छानबिन समितिले एसपी बोहरामाथि लागेको आरोपबारे कस्तो निष्कर्ष निकाल्छ, त्यो भने हेर्न बाँकी छ ।    





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार ११:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया