logo-img

गगन थापाको गुनासो- स्वास्थ्य बिमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनासो गरे । 

उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’

उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ । 

उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरूले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’

परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनसिल बन्नुपर्ने धारणा राखे । स्वास्थ्य शिविरको अगुवाइ गरेका कांग्रेस युवा नेता सुशील भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गरे । 





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार १३:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया