अब कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे । 

उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस ।' 

'आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु,'उनले भने। 

आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार १६:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया