धेरै चकित हुनेछन् इलाम २ मा एकीकृत समाजवादीले जित्छ, अरूले उम्मेदवारी फिर्ता गरे हुन्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । 

शनिबार इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताउँदै उनले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे । 

उनले नेपालको राष्ट्रिय राजनीति नराम्रो ढंगले अलमलिएको बताए । पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको उनले जिकिर गरे । अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने उनले दाबी गरे ।

‘अहिले हामी अलग अलग हिँडौँ, प्रतिस्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतीपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसाबले अहिले यसमै सहमति गरेका हौँ,’ उनले भने,‘यो प्रतिस्पर्धाको सहमति हो । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दै छ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार १७:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया