उपनिर्वाचन : बझाङ प्रदेश सभा १ का लागि १२ जनाको उम्मेदवारी (सूचीसहित)

आउँदो वैशाख १५ गते हुने बझाङ प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् । 

एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपाबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । 

इलाममा एमालेका उम्मेदवारलाई समेत समर्थन गरेको माओवादी केन्द्रले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ । माओवादी केन्द्रबाट जनकबहादुर बुढाले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ । यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको बताइएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार १९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया