आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ फिल्डिङमा, प्लेइङ–११ मा चार परिवर्तन
तस्बिर : क्यान

आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टिमबीचको खेल साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । 

नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । आज आरिफ शेख, मौसम ढकाल, कमल सिंह ऐरी र बसिर अहमदलाई विश्राम दिएर अर्जुन कुमाल, रञ्जित कुमार, रूपेश सिंह र विकास आग्रीलाई मौका दिएको हो ।

तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो । 

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी (कप्तान), साहब आलम, रञ्चित कुमार, रूपेश सिंह, रिजन ढकाल र विकास आग्री । 
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ९:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया