एमाले कालीकोटको अध्यक्षमा तुलाराम मल्ल निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले २ सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले १ सय ८६ मत प्राप्त गरे । 

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ । 

साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले २ सय १० मतसहित निर्वाचित भए भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले १ सय ७२ मत प्राप्त गरे । सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाईं १ सय ५८ मत प्राप्त गरे ।  

उप-सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित भए भने उनका प्रत्यासीहरू प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाउनु भएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए । 

उप-सचिव महिलामा ताराकुमारी शाहीले २ सय १२ मत प्राप्त गरी विजयी भए भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरे । निर्वाचनमा कुल ४ सय २८ मतदातामध्ये ४ सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १२:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया