logo-img

फ्रेण्डसिप कप फाइनल : नेपालको पहिलो विकेट पतन, कुशल १९ रनमा आउट

भारतमा जारी एसएमएस फ्रेण्डसिप कपको फाइनलमा गुजरातविरुद्ध नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको छ । उनी ४.३ ओभरमा व्यक्तिगत १९ रनमा बोल्ड भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।  

नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले फाइनलमा आकाश चन्द, प्रतिश जिसी, अनिलकुमार शाह र ललित राजवंशीलाई विश्राम दिँदै आशिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी र अविनाश बोहरालाई मौका दिएको हो ।

नेपाल लिग चरण विजेता र गुजरात उपविजेताको रूपमा फाइनलमा भिड्न लागेका हुन् । नेपालले लिग चरणमा गुजरातलाई दुवै खेल तथा बरोडालाई एक खेलमा हराएको थियो ।  



नेपालले उद्घाटन खेलमा गुजरातलाई ८ विकेट र दोस्रो म्याचमा बरोडालाई २७ रनले हरायो । तेस्रो म्याचमा गुजरातलाई ८ रनले हराएको नेपाल चौथो खेलमा भने बरोडासँग ३७ रनले स्तब्ध भएको थियो ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), गुलशन झा, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, विवेककुमार यादव, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।  





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १३:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया