अधिकारीले लिए मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ, एक महिनामै ढल्न सक्छ सरकार

गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पोखरामा एक कार्यक्रमबीच अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्यकाे समर्थन छ ।

तर, सभामुखको समेत नाम राखेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनको पद सुरक्षित नरहने देखिएकाे छ । नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारी गरेको छ ।

यसअघि काेशी प्रदेशमा कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीका लागि सभामुखसहितकाे समर्थन लिएका कारण उनकाे पद खारेज भएकाे थियाे । अदालतकाे नजिर नै भएकाले अधिकारीकाे पद सुरक्षित छैन ।

यद्यपि, मुख्यमन्त्री अधिकारीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । एक महिनाभित्र उनले विश्वासकाे मत लिनुपर्नेछ । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १६:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया