गण्डकी प्रदेश : चुमान र मनाङे मन्त्रीमा नियुक्त

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएसँगै दुई मन्त्री नियुक्त गरेका छन् । 

मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमा नियुक्त गरेका हुन्।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको भट्टकाे सचिवालयले जनाएकाे छ । 

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। कांग्रेसका प्रदेश सभामा २७ सांसद छन्।

मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई लिएर कांग्रेसले असन्तुष्टि जनाएको छ। यस विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने भएको छ।



यसअघि कोशी प्रदेशमा पनि सभामुखको हस्ताक्षर गराएर उद्धव थापा मुख्यमन्त्री बनेका थिए। सर्वोच्च अदालतले असंवैधानिक भन्दै नियुक्ति बदर गरेको थियो।



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १६:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया