logo-img

ज्याेतिषीय दृष्टिमा मुख्यमन्त्रीहरूको सत्तायात्रा निकै छोटो

आइतबार दुइवटा प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । लुम्बिनी प्रदेशमा जोखबहादुर महरा र गण्डकी प्रदेशमा खगराज अधिकारीले मुख्यमन्त्रीकाे पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् ।

ज्यातिषीय दृष्टिमा नवनियुक्त मुख्यमन्त्रीहरूको शपथग्रहण नै अशुभ मुहुर्तमा भएकाे देखिएकाे छ । पञ्चांगका हिसाबले आजको दिन पञ्चको समय, रिक्ता तिथि र पिचास चतुर्दशीको योग परेकाले पितृ कार्यबाहेक अन्य शुभ कार्य गर्न आजको दिन अत्यन्तै अशुभ र परिणाम शून्य योग परेकाले उनीहरूकाे सत्तायात्रा निकै छोटो हुने ज्याेतिषी सुरेशचन्द्र रिजालकाे भनाइ छ । 

देशभरका ६० प्रतिशत व्यवसायीले आर्थिक अभावका कारण व्यवसायिक सटर बन्द गर्नुपर्ने अवस्था आउनुको मुख्य कारण पनि यही भएकाे उनले दाबी गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसरी कहिल्यै देश विकास हुँदैन, बेलैमा सोचौँ र अशुद्ध समयमा सत्ताको यात्रा बन्द गरौँ । जय पशुपति नाथ।'

गण्डकी प्रदेशका प्रदेशसभासदस्य अधिकारीले सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् । तर, सभामुखको समेत नाम राखेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनको पद सुरक्षित नरहने देखिएको छ । 

यसअघि कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीका लागि सभामुखसहितको समर्थन लिएका कारण उनको पद खारेज भएको थियो । अदालतको नजिर नै भएकाले अधिकारीको पद सुरक्षित छैन ।



नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारी गरेको छ ।


 



 

  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १७:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया