धितोपत्र बोर्डको अध्यक्षका लागि कोको परे ‘सर्ट लिस्ट’मा ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये पाँचजना ‘सर्ट लिस्ट’मा छनोट भएका छन् । 

गएको पुस २० गतेपछि बोर्ड कार्यवाहक अध्यक्षको भरमा छ । अब ‘सर्ट लिस्ट’मा छनोट भएका पाँचजनाको प्रस्तुतिका आधारमा तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।

सर्टलिस्टमा बोर्डका हालका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, साबिकको बिमा समिति (हाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ परेका छन् ।





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २२:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया