logo-img

गौतमबुद्ध रंगशालाको निर्माण कार्य द्रुतगतिमा अघि बढ्छ : प्रधानमन्त्री दाहाल
‘रंगशालाका लागि आगामी बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिनेछ’
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् ।

आइतबार बेलुका बागमती प्रदेश खेलकुद परिषदद्वारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए । 

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माण कार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने बेहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’



क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्ट्स हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए । 

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालको भनाइ छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । 

प्रतिस्पर्धा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता १ वैशाखसम्म चल्नेछ । 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार ८:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया