logo-img

कोशी सरकारबाट बाहिरियाे माओवादी, के गर्ला एमाले ?

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। सोमबार बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस नेतृत्वको कोशी सरकारमा सामेल मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच साे प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएकाे थियाे । कांग्रेसकै संस्थापनइतर पक्षले कार्कीलाई उम्मेदवार बनाएपछि उनलाई एमालेले समर्थन गरेकाे थियाे ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पछि माओवादी केन्द्रले पनि विश्वासको मत दिएको थियो। कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। 



माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले उनीहरूलाई फिर्ता बोलाउने बैठकले निर्णय गरेको जानकारी दिए। कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जा मन्त्री छन्। 

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बारेमा सोमबार नै प्रदेश प्रमुखसमक्ष जानकारी गराइने पनि उनले बताए। नेकपा एमालेले पनि मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिने उनकाे दाबी छ ।  





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १६:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया