नाउपा सुदूरपश्चिममा केन्द्रीय हस्तक्षेप, रञ्जिताले बर्खास्त गरिन् संसदीय दलका नेता चौधरीलाई

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई दलको नेताबाट हटाएकी छिन् । 

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बल्झिँदै जाने क्रममा श्रेष्ठले दलको नेताबाट चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई नयाँ दलको नेताको जिम्मेवारी दिएकी छिन् ।  

प्रदेश सभामा संसदीय दलको नेताबाट हटाइएका घनश्याम हाल प्रदेशको आर्थिक मामिला मन्त्री छन् । पार्टी अध्यक्ष रञ्जिताले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त गरेर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेको जानकारी दिएकी छिन् । 

यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएको तर चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले उल्लेख गरेकी छिन् । 

अध्यक्ष चौधरीले संसदीय दलको विधान पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तव्यद्वारा जानकारी गराएकी थिइन् । अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको दाबी गरेकी छिन् । 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार २१:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया