धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । उनीहरूले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् । 

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए । ‘साथी, दम्पती, अभिभावक र एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एकअर्काको अनुकूल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ,’ धनुषले सामाजिक सञ्जालमा लेखेका थिए, ‘ऐश्वर्या र मैले एक जोडीका रूपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रूपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ ।’  

उनीहरूले सन् २००४ मा विवाह गरेका थिए । धनुष र ऐश्वर्याका दुई छोरा छन् । कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रूपमा पुनरागमन गरेकी छन्, जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ११:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया