logo-img

कांग्रेसको अवरोधका कारण संसद् बैठक बुधबारसम्मका लागि स्थगित
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक भोलि बिहान ११ बजेसम्म स्थगित गरिएको जनाएको हो   

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित बैठक स्थगित गरिएको थियो । त्यसपछि पनि बैठक सुचारु हुने सम्भावना नदेखिएपछि भोलिसम्मका लागि स्थगित गरिएको हो ।    

कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागमा अडिग छ । त्यसबारेमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।  



आज पनि सभामुख घिमिरेले दलका नेताहरूसँग संसद् अवरोध हटाउने विषयमा छलफल गरेका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १४:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया