यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

नेकपा (एमाले)का नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार उनको शपथग्रहण बुधबार (भोलि) दिउँसो ३ बजेका निम्ति तय गरिएको छ । 

कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हाे । उनलाई एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका छन् ।

केन्द्रमा भएको सहमतिअनुसार यसअघिका मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १८:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया