logo-img

गगन थापाको प्रस्ताव- २०४७ यताका सबै प्रधानमन्त्री र पार्टी अध्यक्षको सम्पत्ति छानबिन गरौँ
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध गरिरहेको नेपाली कांग्रेसलाई जवाफ दिने गरी विगतदेखिको छानबिनको माग गर्न थालेको छ । महामन्त्री थापाले त्यसैको जवाफमा यस्तो धारणा राखेका हुन् ।  कांग्रेसका केही नेताले संसदमा निवेदन समेत दर्ता गराएका छन् ।

महामन्त्री थापाले जोड दिएर भने, ‘कांग्रेसका सभापति, एमालेका अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौँ,’ 



उनले २०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जबाफदेही हुनुपर्ने महामन्त्री थापाको भनाई छ । आजसम्म भएका आर्थिक अपचलनका ठूला काण्डमा जिम्मेवार रहेका सबैको छानबिन हुनुपर्ने भन्दै थापाले उनीहरूले कहीँ न कहीँ सजाय पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’

महामन्त्री थापाले सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने भन्दै सहकारीबाट अर्बौँ रकम खानेहरू केही समय अघिसम्म विज्ञका रूपमा भाषण गर्दै हिँडेको देखेको बताए । यसमा जिम्मेवार निकायले समेत नहेरेको बताए । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १३:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया