logo-img

कांग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन : एमाले सांसद थापा

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली कांग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताएका छन् । 

सांसद थापाले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदामा छटपटी अभिव्यक्त गरेको जिकिर पनि गरे । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी सम्बन्धी उपप्रधानमन्त्री लामिछानेको मुद्दाको विषयमा अदालतमा विचाराधीन रहेकाले त्यसमा संसदमा छलफलको कुनै अर्थ नभएको बताए ।

सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने खालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराए । उनले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र सिङ्गो संसदका रहेको बताए । 







  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १३:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया