logo-img

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कहाँ छ ?
फाइल तस्बिर

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा उनले आफैंले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नसमेत गरे ।

साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्नेक्रममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र संवैधानिक परिषदलगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताए पनि सोअनुसार काम हुन नसकेको बताए । 

उनले विषय विज्ञलाई सांसदको स्वकीय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे । साहले सांसदले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गरे । 
 







  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १४:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया