logo-img

अमरेशकुमार सिंहको माग : सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिन गरियोस्
फाइल तस्बिर

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ०४७ सालदेखि सार्वजनिक लाभको पदमा बसेका सबैमाथि निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न न्यायिक समिति बनाउनुपर्ने माग राखेका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद सिंहले २०४७ सालपछि न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकामा सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् । 

उनले भने, ‘म सरकारसँग माग गर्न चाहन्छु । ०४७ सालदेखि जो लाभको पदमा बसेको छ, सरकारमा गएको छ । चाहे त्यो कार्यपालिकामा गएको होस्, त्यो न्यायपालिका र व्यवस्थापिकामा नै किन गएको न होस् । सुरक्षा निकायमा हुन् या कर्मचारीतन्त्रमा गएका हुन् । उसको निष्पक्ष, न्यायिक छानबिन गर्नुपर्दछ ।’



देशको आधाभन्दा बढी बजेट विदेश गएको र आधा बजेट नेता र कर्मचारीले भ्रष्टाचार गर्दा देश बर्बादीतर्फ गएको उनको टिप्पणी छ । 

उनले भने, ‘देश त्यत्तिकै यो हालतमा गएको होइन । यो देशको आधाभन्दा बढि पैसा विदेशमा गएको छ । आधा भन्दा बढि पैसा नेता र कर्मचारीले लुटेको छ ।  यसको छानबिन हुनुपर्छ ।’ 

संसदीय छनबिनमा एमाले, कांग्रेस, माओवादी र राप्रपा लगायतले मिलोमतो गर्ने गर्दछन् । अधिकार सम्पन्न न्यायिक समिति बन्नुपर्दछ ।’





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १४:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया