logo-img

‘ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश पन्त

निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माण पक्ष र उनीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् । 
फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ ।

फल्मको छायाङ्कन वैशाखको १५ गतेबाट सुरु हुँदै छ । फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुनेछ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

हिमेशले यसअघि ‘वर एण्ड बधु’ र ‘शमशेर’ साइन गरिसकेका छन् । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १८:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया