logo-img

डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च साे

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च साे दिएका छन् ।
 
निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ साे दिइएको छ । क्यूएफएक्सले ५८ साे दिइसकेको छ ।
हालसम्म फिल्मले देशभर कुल १ सय ५५ साे पाइसकेको छ । 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, सोमनाथ खनाल, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माता तथा क्रिश लामा कार्यकारी निर्माता छन् ।







  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १९:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया