नेपाल चार आयामसहितको विकासको बाटोमा हिँड्नुपर्छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धि, वितरण, दिगोपन र खुसीपनका चार आयामसहितको विकासको बाटो नेपालले लिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० का अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले अहिले विश्वका विकसित मुलुकको चौथो चरणको औद्योगिक क्रान्ति चलिरहेकोमा नेपाल भने औद्योगिक क्रान्तिको पहिलो चरणमै रहेको बताए । 

उनले नेपालको आर्थिक नीति कस्तो हुने भन्नेबारेमा संविधानले स्पष्ट नीति लिएको भएपनि त्यसको कार्यान्वयनमा समस्या र अस्पष्टता रहेको बताए ।

‘संविधानमार्फत हाम्रा आर्थिक नीतिहरूले स्पष्ट दिशाबोध गरेको छ । तर, हाम्रो बुझाइमा एकरूपता छैन । संविधानले राज्य, बजार र उपभोक्ताको सन्तुलित भूमिका खोज्ने भनेको छ,’ भट्टराईले भने । 

अर्थतन्त्रको सुधारका लागि केही संरचनात्मक सुधार आवश्यक रहेको र त्यसका लागि सबैभन्दा पहिला राजनीतिक सुधार अपरिहार्य रहेको उनको भनाइ छ ।  





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ७:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया