मुलुक विकासका लागि एमालेलाई हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताए । 

उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । ‘राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौँ, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौँ’, मुख्यमन्त्री अधिकारीले भने। 

उनले अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै त्यसतर्फ काम गर्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।  





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १६:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया