शिक्षामन्त्री श्रेष्ठलाई गगनकाे धन्यवाद

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको भन्दै थापाले श्रेष्ठलाई धन्यवाद दिएका हुन् । 

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने र कार्यान्वयन पनि नहुने प्रवृत्तिको बीचमा प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको थापाको भनाइ छ ।
प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायत कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा रहेकाे र त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने थापाकाे धारणा छ । 

प्रतिवेदनले आधार र कारण खुलाएरै जस-जसलाई कारबाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले यस्ताे सत्प्रयासमा साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्-

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । 



यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि। 



  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १८:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया