गृहमन्त्रीको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै हो : उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे । 

नेकपा (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताए । 

गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उनको भनाइ थियो । वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । 

राजीनामा गराउने र वर्तमान समीकरणमा प्वाल पारेर आफू सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उनको भनाइ थियो । राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उनले बताए । 

‘छानबिन नगर्ने भन्ने होइन, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन, उसले सत्ता समीकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ,’ उपाध्यक्ष पौडेलले भने, ‘संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।’ 

वर्तमान सरकार र सत्ता समीकरण लामो सयम टिक्ने भन्दै उनले अहिलेको समीकरण बिगार्न लागेकाप्रति एमाले सचेत रहेको बताए । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार २३:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया