राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बोलाइएको छ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ प्रतिनिधिसभाबाट भएका संशोधनमाथि छलफल गरियोस् र सो संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ८:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया