प्रकाशमान सिंहको आरोप- सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन् । मन्त्रीहरूका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने हुनाले यसो गर्न नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको बताए ।

उनले एकातिर संसद् सुचारु गराउन नचाहने अर्कोतिर लगानी सम्मेलन आयोजना गर्ने अनि कसरी लगानीको वातावरण बन्न सक्छ भन्दै देशमा राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनको नतिजा कस्तो आउला ? भन्ने प्रश्न गरे । 

पहिले मुलुक भित्रको राजनीतिक स्थायित्वको लागि वातावरण बनाउन केन्द्रित हुन समेत उनले सरकारलाई सुझाव दिए । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन् ।

जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने भन्दै लाखौँ करोडौँ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेसले आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागे पनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्न कांग्रेस पछि नहट्ने बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ११:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया