अध्यक्ष लिङ्देनको दाबी- राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो

सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरू घाइते हुने दुःखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको बताए । 

उनले पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको धारणा व्यक्त गर्दै प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरे । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १३:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया